गाईघाटमा सुबिधा सम्पन्न आयुर्वेद अस्पताल उद्घाटन

गाईघाट। जिल्लामै पहिलो पटक आयुर्वेद अस्पताल संचालन भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटमा सुखायु आयुर्वेद अस्पताल प्रालिको शनिबार उद्घाटन भएको हो । एक कार्यक्रमको साथ नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रुपमा रिविन काटेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने “आयुर्वेदीक पद्धतिबाट विरामीलाई उपचार गराईने भएकाले निकै प्रभावकारी हुने विश्वास गरिएको छ । उपचार विधि फरक र औषधीले पनि नकारात्मक असर नगर्ने भएकाले सर्वसाधरणलाई राम्रो हुन्छ ।” बजारीया तथा प्याकेटका खाने कुराले गर्दा धेरै मानिस रोगी बनेका छन् ।

यस आयुर्वेदीक औषधीले अन्य औषधीले जस्तो साईट ईफेक्ट नगर्ने भएकाले मानिसको लागि निकै प्रभावकारी हुने नगरका उपप्रमुख चौधरीले बताईन् । खाद्य वस्तुमा नै रासायनीक हुने भएकाले कुनै न कुनै रोगले भेट्ने गरेको उनले बताईन् । अस्पताल जिल्लामा पहिलो भएको संचालक समितिले दावी गरेका छन् ।

पञ्चकर्म, फिजियोथेरापी र क्षारसुत्र सेवा सहितको अस्ताल भएको समितिले जनाएको छ । नशा च्यापिएको, हात खुट्टा नचल्ने, हड्डी खिएको, ढाड दुख्ने, दम, ग्याष्ट्रिक लगायतका विभिन्न रोगको उपचार हुने संचालक अनिल कटुवालले बताए । अहिले अस्पतालमा ५ जना डाक्टरहरु रहेको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *