उदयपुरमा ५६ बुदे त्रियुगा शैक्षिक घोषणा पत्र जारी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले ५६ बुदे ‘त्रियुगा शैक्षिक घोषणा पत्र–२०७६’ जारी गरेको छ । त्रियुगा नगरपालिकाले तयार पारेको ५६ बुदे घोषाण पत्र प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक समारोहका विच जारी गरेको हो ।

घोषाण पत्र नगरकार्यपालिका सदस्य, विद्यालयका प्रधानध्यापक, शिक्षक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष, अभिभावक संघका अध्यक्ष, अन्य सरोकारवाला र विज्ञहरुको दुई दिने भेलाले तयार पारेको थियो । भेलाले सामुदायीक विद्यालयको सवलिकरण र शैक्षिक गुणस्तर र सुधारका लागि ५६ बुदे घोषणा पत्र तयार पारेको हो ।

कार्यक्रममा देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयप्रति कसैलाई चासो नभएको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । मन्त्रि घिमिरेले अहिले शैक्षिक सुधारको खाँचो रहेको बताए । राज्यले विनियोजन गरेका बजेटले सटिफिकेट मात्रै नभई सिप र दक्षता हुनु पर्दछ ।

खाडी मुलुक र विदेशले मात्र देश नचल्ने भन्दै शिक्षाको क्षेत्रबाट आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गर्नु पर्नेसमेत मन्त्रि घिमिरेले बताए । कार्यक्रममा प्रदेश नम्बर १ का सांसद् बिमल कार्की, जिल्ला समन्य समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियार, त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी, त्रियुगा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा १६ नम्बर वडाका वडाअध्यक्ष मानबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *