जन्तेढुंगामा प्रहरी चौकीको नयाँ भवन उद्घाटन

राजेन्द्र दुष्ट
खोटाङ । खङोटाको जन्तेढुंगा गाउँपालिका वडा नम्बर १ स्थित देविस्थानमा प्रहरी चौकी प्रयोजनको लागि नयाँ भवन उद्घाटन भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारमा निर्मित साढे दुई तले पक्कि भवनको उद्घाटन प्रहरी नायव महानिरिक्षक तथा प्रदेश नम्बर एक का प्रहरी प्रमुख ठाकुरप्रशाद ज्ञवलीले गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रमुख ज्ञवलीले जसरी भवन निर्माणमा स्थानीयबासीको भुमिका छ त्यसैगरी शान्ति सुरक्षा कायम गर्न स्थनीयवासीको भुमिका र दायित्व हुने भएको बताए । उनले प्रहरी र स्थानीय मिलेर अपराध घटाउन नसके नयाँ भवनको कुनै औचित्य नहुने समेत बताए ।


सामुदायिक प्रहरी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्नको निम्ति गाउँ टोल वस्तिहरुमा विभिन्न जनचेतना कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख ज्ञवलीले बताए । यस्तो दुर्गम ठाउँमा पनि आफुलाई यहाँसम्म आउने अवसर जुटाएकोमा स्थानीयवासीलाई धन्यावाद दिदै शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले युगौ देखिको स्थानीयवासीको चाहना र ईच्छा पुरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षामा पालिकाले गर्नु पर्ने सहयोगहरु गर्न तयार रहेको भन्दै स्थानीयलाई आस्वास्थ दिएका छन् । निर्माणको जिम्मा भने भानुमति अनुजा निर्माण जेभीले लिएको थियो भने स्थानीयको ३ रोपनी जग्गा स्थानीयवासीले नै चन्दा, सहयोग रकम संकलन गरी २ लाख रुपैयामा खरिद प्रहरी चौकीको निर्माण भएको हो ।

त्यसैगरी कार्यक्रमा निमित्त प्रमुख जिल्ला अधिकारी श्याम राई, पालिकाकी उपप्रमुख विमला राई, लगायतले शुभकामना दिएका थिए । ०६४ सालमा स्थापना भएको चौकी पुरानो गाविसको कच्चि भवनमा प्रहरी वस्दै आएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीरबहादुर बढा मगर, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी उपरिक्षक वामदेव गौतम लगायत अन्य सरोकारवालाहरुको समेत बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *