नेपाल फोटो पत्रकार महासंघ उदयपुरको नयाँ नेतृत्वमा पुनः राई

उदयपुर । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पुनः गजेन्द्र राई चयन भएका छन् । उदयपुरको गाईघाटमा मंगलबार सम्पन्न महासंघको प्रथम जिल्ला अबिधेशबाट पुनः अध्यक्षमा राई चयन भएका हुन् ।

तदर्थ समितिको नेतृत्व गर्दै आएका राईलाई पुनः महासंघको पहिलो अधिबेशनले अध्यक्षमा चयन गरेका हुन् । अबिधेशनले राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा अप्सरा समाल चयन भएका छन् । सचिवमा देबराज राई चयन भएका छन् ।

त्यसैगरी महासंघको सह–सचिवमा ईश्वर बलम्पाकी मगर चयन भएका छन् भने कोषाध्यक्षमा गंगा राई चयन भएका छन् । यसैगरि सदस्यहरुमा बिक्रम राई, राकेश नेपाली, चित्रकुमार कार्की र रिता राउत चयन भएको नब निर्वाचित अध्यक्ष राईले बताए ।

अध्यक्ष राईका अनुसार महासंघको पुस दुई देखि चार गतेसम्म बिराटनगरमा हुने राष्ट्रिय अबिधेशनका लागि पनि प्रतिनिधि चयन गरेको छ । जसमा राष्ट्रिय अधिबेशनका लागि प्रतिनिधिमा अध्यक्ष राईनै चयन भएका छन् भने प्रदेश अधिबेशनका लागि उपाध्यक्ष समाल र सचिब राई चयन भएका छन् ।

कार्यक्रममा पत्रकार सेनानी कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सचिब हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, अग्रज पत्रकार भक्तिबिलास पोखरेल, ईश्वर तामाङ, नबिन राईलगायतको उपस्थिति रहेको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *