गजेन्द्र राई
उदयपुर, १५ चैत्र । नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिका १४ साउनेको सोमबार सम्पन्न वडा सम्मेलनबाट बेद बहादुर राईको अध्यक्षतामा २१ सदस्य वडा समिति सर्बसहमत चयन भएको छ । सम्मेलनबाट उपाध्यक्ष, सचिब, सह–सचिब र कोषाध्यक्ष पदमा क्रमसः दुर्ग बहादुर मगर, लोक बहादुर कटुवाल, युवराज मगर र उमा बि.क. सर्वसहमत चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा मित्र बहादुर बि.क.“बिशाल”, हेम मगर, तारिनि मगर, नारत राई, सुन्दर मगर, रुद्र नारायण श्रेष्ठ, भावना राई, मैया राई, एक बहादुर कटुवाल र थमानशिङ मगर चयन भएका छन् ।
अबिधेशनले चित्रबहादुर मगरको संयोजकत्वमा ३३ सदस्य वाईसिएल समेत गठन गरिएको नबनिर्वाचित अध्यक्ष बेद बहादुर राईले बताए । अध्यक्ष राईका अनुसार आसन्न स्थानीय निर्वाचन लक्षित वाईसिएललाई पुनर गठन गरिएको हो । सम्मेलनलाई पूर्ब सभासद् तथा पार्टी जिल्ला ईन्चार्ज मोहन बहादुर खत्री “दिपक”, किराती मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष तथा जिल्ला सह–ईन्चार्ज राजन किराती “बासु”, पूर्ब सभासद् तथा सह–ईन्चार्ज मणी खम्बु, सह–ईन्चाज नारायण बुर्जा, किरण राई, निरज पौडेल, पदम दाहाल, साबित्रा कार्की, अजिता कार्की लगायतका नेताहरुले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए । माओवादी केन्द्र उदयपुरले केहि दिन यता नयाँ संरचना अनुसार पार्टीको अबिधेशन गर्दै आईरहेको छ । सम्मेलनमा आफुहरुले सोचेभन्दा कांग्रेस बिषेशगरि एमालेबाट पार्टी प्रबेश भईरहेको जिल्ला ईन्चार्ज मोहन बहादुर खत्री “दिपक”ले बताए ।