उदयपुरमा पाँच बोरा गाँजा सहित २ जना पक्राउ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–३ ताप्लीबाट पाँच बोरा गाँजा सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सिराहको धनगढी नगरपालिकाका बस्ने बर्ष ४५ को कन्सलाल तामाङ र सोहि ठेगाना भएको बर्ष ३५ को मोहनबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई गाँजा बोकि रहेको स १ च १७६६ नम्बरको जिप सहित पक्राउ गरिएको प्रहरी चौकी रामपुर झिल्केका हल्दार दिपेन्द्र सिहले बताए । हल्दार सिंहका अनुसार ताप्लीबाट सिराहा तर्फ गाँजा लाने क्रममा उनिहरु पक्राउ परेको थियो ।

अन्य तिन जनाभने फरार रहेको प्रहरीले जनाएको छ । फरार रहनेमा गाडी चालक, सहचालक र अर्का एक सहयोगी रहेको छ । उनिहरुलाई गोप्य सुचनाको आधारमा हल्दार सिंहको नेतृत्वमा गएको टोलिल पक्राउ गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *