उदयपुर, १३ चैत । लक्ष्मी विकास बैंक शाखा कार्यालय गाईघाटका सुतेकै अवस्थामा सुरक्षा गार्ड मृत भेटिएका छन् । शाखा स्थापनाकालदेखि नै सुरक्षा जिम्मेवारी सम्हाल्दै आएका ४६ वर्षीय बलबहादुर राईको मृत्यु भएको हो ।
बैंकसँगै रहेको सुत्ने कोठामा उनी बिहान साढे ६ः०० बजे मृत अवस्थामा भेटिएका थिए । घटनास्थलमा प्रहरी मुचुल्कापछि लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।
राईको मृत्यु हृदयघातबाट हुन सक्ने अनुमान गरिएको छ । उनका श्रीमती तथा दुईछोरा रहेका छन् । पोष्टमार्टमपछि शव आजै परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।
Facebook Comments