उदयपुर । उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रवन्धक नवल किशोर साहले उद्योगमा रहेको महत्वपुर्ण सूचना लुकाउने गरेको पाईएको छ । उनले उद्योगमा रहेको सार्वजनिक गर्नुपर्ने महत्वपुर्ण सूचनाहरु लुकाउने गरेका हुन् । उद्योगका बिक्रि बिभाग प्रमुखसमेत रहेका सुचना अधिकारी रामबहादुर जिसीलाई कार्यालयमा रहेको महत्वपुर्ण सुचना सार्वजनिक नगर्न उनले दवाव दिने गरेको समेत पाईएको छ ।
अधिकारी जिसीका अनुसार जनताले सहज रुपमा पाउने सुचनामाथी निमित्त महाप्रबन्धक साहले अंकुस लाउने गरेका छन् । निमित्त महाप्रबन्धक साहले उद्योगमा सूचना माग्नजाने स्थानीयहरुलाई रित्तो हात पठाउदै आएका छन् । केहिदिन अघिमात्र अध्यान प्रयोजनका लागि सूचना माग्न उद्योग पुगेका स्थानीय गजेन्द्र राई र ईश्वर बलम्पाकी मगर पनि रित्तो हात फर्किएका छन् ।
रित्तो हात फर्किएका मगरले सूचनाको हकसम्बधी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना माग्दासमेत रित्तो हात फर्कन परेको गुनासो गरे । स्थानीय मगरका अनुसार सूचना अधिकारीलाई सम्बोधन गरेर लेखेको पत्रसमेत अधिकारीको हातबाट निमित्त महाप्रबन्धक साहले नियन्त्रणमा लिएको छ ।
“अध्यान प्रयोजनको लागि राईसँग संयुक्त रुपमा निबेदन दिएका थियौ” स्थानीय मगरले भने “लामो समय बिभिन्न बहाना मात्र बनाए, सूचना दिएन” । उनले सुचनाको लागि धेरै पटक उद्योग धाएको बताए । राई र मगर दुबै पत्रकार हुन् । उनिहरुले गत असार १९ गते उद्योगले पकाशन प्रशारण गर्दै आएको सूचना समन्धिको बिवरण पाऊ भन्दै उद्योगमा निबेदन दिएका थिए ।
त्यसरी उद्योग प्रशासनले सुचना लुकाउनुमा ठूलो रहस्य हुनसक्ने ट्रेड युनियनका एक नेताले बताए । नाम खुलाउन नचाहाने ति नेताले उद्योगबाट प्रकाशन प्रशारण हुने सुचना र बिज्ञापनमा ठूलो रकम खर्च हुने र सूचना लिनेदिने क्रममा ठूलो कमिसनको खेल हुने बताए । उनका अनुसार सूचना पनि आफु अनुकुल्ताको बिज्ञापन एजेन्सीहरुलाई दिने गरेको छ ।
भिडियोः–