चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय उदयपुर (भिडियो सहित)

उदयपुर, ११ चैत । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यालय उदयपुरले सबै किसिमका तयारी तीव्र पारेको छ ।
उदयपुर निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य सम्पन्न गरिसकेको जिल्ला निर्वाचन अधिकृत एब बहादुर बस्नेतले जानकारी दिए ।
जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले उदयपुरमा ९८ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ । निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको नाम समेत अन्य कार्यालयहरुलाई मागिसकेको छ । उदयपुरमा २३ राजनीतिक दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत बस्नेतले जनाएका छन् ।
उदयपुर जिल्लाका चार नगरपालिका र चार गाउँपालिका रहेको छ । जसमा ४ नगरपालिकामध्ये बेलका नगरपालिकाकामा ९, त्रियुगा नगरपालिकामा २५, कटारी नगरपालिकामा १५ र चौदण्डी नगरपालिकामा १६ वटा मतदान केन्द्र सिफारिस भएका छन । यसैगरी ४ गाँउपालिकामध्ये रौताईमा ८, सुनकोसीमा ७, उदयपुरगढीमा ११ र ताप्ली गाँउपालिकामा ७ वटा मतदान केन्द्र सिफारिस भएको छ । २०७० साल भएको दोस्रो संविधान सभाको निर्वाचनमा ८७ वटा मतदान केन्द्र रहेको उदयपुरमा यस पटक ११ वटा मतदान केन्द्र बढेको हो ।
यस पटकको निर्वाचनबाट जिल्लामा ४ गाँउपालिका र ८ नगरपालिकाको ७५ वटा वडाबाट जम्मा ३९१ जना जनप्रतिनिधि निर्वा्िचत हुनेछन् । जसमा ८ जना प्रमुख तथा ८ जना उपप्रमुख हुनेछन् । उदयपुरमा २३ वटा राजनीतिक दलले निर्वाचन भाग लिने भएका छन् । निर्वाचन कार्यालयमा उदयपुरका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले) संघीय समाजवादी फोरम, सदभावना पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, संघीय सद्भावना पार्टी, नयाँ शक्ति पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), फोरम (लोकतान्त्रिक), तमलोपा, समाजवादी जनता पार्टी, एकीकृत राष्ट्रवादी पार्टी र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले लगायत पार्टीहरु चुनावमा सहभागी हुनेछन् । निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा रणनीति बनाइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको जिल्ला प्रशासन कार्यायल उदयपुरले जनाएको छ ।
जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर सदरमुकामदेखि गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् ।
करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनपश्चात् विकासले गति लिने समेत आम सर्वसाधारणले विश्वास लिएका छन् ।

बाँकी तल रहेको भिडियो हेर्नु होला ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *