पीपलछायाले, म्यूजिक भिडियो लोकार्पण

उदयपुर । स्थानीय प्रतिभा र कलाकारहरुले उदयपुरमै तयार पारेको म्युजिक भिडियो सार्बजनिक भएको छ । त्रियुगा नगरपालिका ७ कौवाईमा कवि तथा गीतकार लेखबहादुर कार्की र पुष्पा राईको रचनाको पहिलो लोकगीत पिपल छायाले… गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो । म्यूजिक भिडियोलाई पूर्णपुष्टि अनलाईनको अफिसियल युट्युव च्यानल पूर्णपुष्टि टिभिले हिजो सार्बजनिक गरेको हो ।

रौतामाई गाउँपालिका ७ का एकराज राना मगरको भिडियो निर्देशन, छायांकन तथा सम्पादनमा तयार भएको भिडियोको लोकार्पण १ नं. प्रदेश सांसद नारायण बुर्जा मगरले गर्नुभएको थियो । लेखबहादुर कार्कीको पहिलो गीति कोशेली र ब्रोदर स्टुडियोको प्रस्तुतीमा तयार भिडियो सार्बजनिक गर्दै सांसद मगरले आप्mनै ठाउँमा राम्रो कला, प्रतिभा र सिर्जना देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले बृद्धअवस्थामा पनि नेपाली लोकसंगीतको क्षेत्रमा सिर्जनसिल देखिएकोमा ६८ वर्षे कार्कीको प्रशंसा गर्नुभयो ।शारीरिकरुपमा एउटा खुट्टा कमजोर रहेपनि निर्देशन, छायांकन तथा सम्पादन जस्तो कठिन काम राम्रोसंग गरेकोमा सिर्जनशिल युवा मगरको पनि प्रशंसा गर्नुभयो । उहाँले यस मर्मस्पर्सी गीतले गाँउघर र नेपालीपनको झलक दिएको र भिडियो नै बनेपछि अझ जीवन्त बनेको बताउनुभयो ।

गाउँघर र नेपाली परिवेशलाई समेटेर रचना गरिएको गीतको छायांकन उदयपुर सिमेन्ट उद्योगको चुनढुंगाखानी क्षेत्र सिधाली, कौवाई र मुर्कुची आसपासमा गरिएका हुन् । विक्रम लुङ्गेलीको नृत्य निर्देशन रहेको भिडियोमा स्थानीय कलाकारहरु आकाश मगर र यमुना मगरले मूख्य अभिनय गरेका छन् भने अन्य कलाकारहरु कविता थापा, कन्चना राना, स्मृती मगर, प्रमिता मगर, बसन्त लुङ्गेली, सहीम मगर, विहान राना, दिपसन घलेले साथ दिएका थिए । गीतमा गायक युवराज कोइराला र गायिका अन्जु राईले स्वर दिएका छन् ।
भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *