उदयपुर । राष्ट्रिय सूचना आयोगले सोमबार उदयपुरका सार्वजानिक निकायका कार्यालय प्रमुख तथा सूचना अधिकारी, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । सूचनाको हक सम्बन्धि प्रावधानहरु र यसका जटिलताका बिषयमा जानकारी गराउने उदेश्यले आयोगले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा आयोगका आयुक्त किरणकुमार पोखरलेले सूचनाको हक सम्बन्धी ऐनले व्यवस्था गरेका बिषय, यसका प्रावधानहरु, भईरहेका प्रयासका बारेमा सहजिकरण गरेका थिए ।
पोखरेलले सूचनाको हकले आर्थिक पंक्षलाई सवल बनाउने मात्र नभई नागरिकको शसक्तिकरण र सामाजिक न्यायमासमेत पहूँच पुग्ने बताए । उनले सूचना दिनु भनेको भएका कामहरुको पारदर्शिता गर्ने र आफु आर्थिक पक्षमा पारदर्शि बन्ने अवसर पनि भएकाले मागेको सूचना उपलब्ध गराई दिन आग्रह गरे । त्यसैगरी अर्का आयुक्त यशोदाकुमारी तिमल्सिनाले सूचना लिने तौरतरिका यसका कानुनी व्यवस्था, देखिएक समस्या, सुधार गर्नु पर्ने पंक्षका बिषयमा सहजिकरण गरेकी थिईन् ।
उनले सूचनाको हकले सुखि र समृद्ध नेपाल बनाउने सरकारको एजेडालाई सहयोग पुग्ने बताईन् । तिमल्सिनाले जनप्रतिनिधि र कर्मचारीले लिएको सेवासुबिधाको जनताले बिरोध गरेको नभई लिएको सेवासुबिधा पारदर्शि भए नभएको भन्ने बिषय मुख्य कुरा रहेको बताए । कार्यक्रममा कार्यालय प्रमुख तथा सूचना अधिकारीले जिल्लामा भईरहेका प्रयास र नबुझेका सवालहरु उठान गरेका थिए । यसैविच सोमबार नै आयोगले महिलाहरुसँग पनि अन्तरक्रिया गरेको छ ।
भिडियोः–