उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हुदै

उदयपुर ।  जिल्लाको पर्यटन विकासको लागि उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हनेभएको छ । आगमी माघ २५ र २६ गते हुने सो कार्यक्रममा उदयपुर र देशको बिभिन्न जिल्लाका साईकलप्रेमीहरु सहभागि हने छन् । ‘स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै’ भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकले सोमबार एक पत्रकार सम्मेलनको आयोजनागरि कार्यक्रमको अन्तिम तयारी भईरहेको जनाएको छ ।

आयोजकका अनुसार स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा जिल्लाको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको छ । त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापासमेतले भाग लिने साईक्लिङ प्रतिष्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने छ ।

१८ नम्बर वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढीको बेल्टार–बसाहा हुदै बेलका नगरपालिका पुग्ने छ । बेलकाको रामपुर बजारपछि बेलुका कोशीटप्पु नजिकैको सप्तकोशीपुलमा बास बस्ने र भोलीपल्ट सप्तकोशीमा सञ्चालित जेटबोटबाट बाराहा मन्दीरको दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको छ ।

कोशीटप्पु विभिन्न जंगली जनावरका साथै नेपालको चराहरुको राजधानीको रुपमा परिचित छ । यात्राको क्रममा तीनवटै नगरपालिकाका बजारक्षेत्रहरु परिक्रमा गरिनेछ । उदयपुरका ४५, बाहिरी जिल्लाहरुकाट ७० र नेपाली सेनाबाट पनि सहभागिता हुने भएका छन् । बढ्दो लागू औषध दूब्र्यसन, सडक दुर्घटना न्यूनिकरणका लागि समेत सन्देश फैलाउने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने आयोजकको लक्ष छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *