राकेश नेपाली
सोलुखुम्बु । युवाहरुको ढुकढुकी बन्न सफल एक चर्चित रेडियो कार्यक्रम मनको अदालतका प्रस्तोता अनुज खड्काले जीवन र प्रेमको बास्तबिकतामा आधारित पुस्तक मनको अदालत बजारमा ल्याएको छ । बिषेशगरी प्रेममा आईपर्ने अनेकन जटिलताहरुलाई सरल अभिब्यक्तिमा प्रस्तुतगरिने बहुचर्चित कार्यक्रम मनको अदालतकै नाममा प्रकाशनमा ल्याएको पुस्तकमा पनि प्रेमका विभिन्न आयामहरु समेटिएको खड्काले बताए ।
मान्छेको मन र मस्तिष्क बिच उत्पन्न हुने अन्तरद्वन्दलाई परिभाषित गर्दै प्रेमको कठिन परिस्थितिमा सहज जीवनयापनको निम्ति पुस्तकले मद्दत गर्ने पुस्तकका लेखक खड्काको भनाई छ । जीवन र प्रेमको बास्तबिकतामा आधारित युवाहरुको ढुकढुकी बन्न सफल एक चर्चित रेडियो कार्यक्रम ‘मनको अदालत’मा प्रस्तुतगरिएका श्रव्य सामाग्री पुस्तकको रुपमा दिदै पुस्तकको नामपनि ‘मनको अदालत’ राखेको लेखक खड्काले बताए । बिषेशगरी प्रेममाआईपर्ने अनेकन जटिलताहरुलाई सरल रुपमा प्रस्तुतगरिने ‘मनको अदालत’पाँचपोखरी प्रकाशन गृह काठमाण्डौबाट प्रकाशनभएको हो ।
आफुलाई माया गरे जस्तै गर्ने र आफूले धेरै मायागर्ने कुनै एक त्यस्तो ब्यक्ती, आफैसङ्ग अलगियो भन्दैमाकहाँ टुङ्गिन्छ र यो जिन्दगी । बाँच्नु त छँदै छ बाँच्नु छ भने हाँसेर किननबाँच्ने ?बिगतलाई सम्झिएर, भैरहेको बर्तमानबिगार्ने मान्छे कसरी प्रेमीहुन सक्छ ?”
जीवनको सार्थकता खोज्न मनको अदालतले प्रेरणा दिनेमा विस्वास वाय्कता गर्दै समाजले प्रेमलाई हेर्ने दृष्टिकोण, प्रेमबाट मान्छेले पाउने आनन्द र पिडा, जातीय बिभेदका कारण टुङ्गिएको प्रेम, प्रेम पाईसकेपछि मान्छेको जिन्दगीमा पर्ने प्रभाब र गुमाईसकेपछि पर्ने असरलाई पुस्तकले सहज रुपमा प्रस्तुत गरेकाले मनको अदालत अहिलेसम्मकै उत्कृष्ट पुस्तक लागेको सोलुखुम्बु घर भई हाल काठमाण्डौ बस्दै आएकी गृष्मा राईले बताईन् । युवा पाठकहरु माझ निक्कै लोकप्रीय बनेर “प्रेम खुशी र पीडाको अनुभूति दिलाउदै तिनै अनुभुतिहरुलाई शब्दको माध्यमद्वारा ‘मनको अदालत’मा, प्रेम जीवनको उर्जा बन्न सहयोग पुग्ने पुस्तक रहेको खोटाङका बिष्णु उपरकोटी ‘प्रलय’ले बताए ।
जिन्दगी देखि नै तर्सिदै बाँचिरहेको छु
सम्झनाहरुमा छटपटिदै बाँचिरहेको छु
न त दैव मेरो भयो न त आफ्नो कोहि
बाध्यतामा रुमलिदै बाँचिरहेको छु
मनको अदालतमा समाबेश एक मुक्तक हो यो । यस मुक्तकको भाबमा करिब ५ पेज लामो कथा पनि छ । बाध्यतामा रुमलिदै बाच्नुपर्ने बिवशतालाई कथामा उठान गरिएको छ । यस्तै अन्य ५२ ओटा कथा र करिब १५० भन्दा धेरै मन छुने मुक्तकहरु पुस्तकभित्र समेटिएका छन । पुस्तकको बारेमा पाच पोखरी प्रकाशन गृहका रामश्रेष्ठ भन्नुहुन्छ– “यो पुस्तक सुरुमा पठाउँदा कुनै फन्टुस प्रेम कथा र रोनाधोनाले भरिएको होलाभन्ने लागेको थियो ।
तर यो त रोनाधोनाबाट कसरी उम्कने भन्ने अचुक उपाय रहेछ । पुस्तकको पेज र कभर भने ग्राफिक्स डिजाईन काठमान्डौद्वारा गरिएको हो । गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ बिरुवाटारमा जन्मिनुभएका खड्का, रेडियो यात्राका दौरान नेपालका विभिन्न जिल्लाहरुमा पुग्नुभयो । चितवनको ग्रेटएफ.एमबाट आफ्नो रेडियो यात्रा सुरु गरेका खड्काले, सुनसरी र सोलुखुम्बुका केही रेडियोहरुमा पनि आफ्नो खुबी देखाउनुभएको छ । उहाँको करिब १ दशक लामो रेडियो यात्राको क्रममा, दर्जनौ लोकप्रीय कार्यक्रमहरु प्रसारण भैसकेको छ ।
भिडियोः–