पिक्निक खाएर फर्केको ट्याक्टर उदयपुरमा दुर्घटना, दुईको मृत्यु आठ घाईते

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्तामा भएको ट्याक्टर दुर्घटनामा २ को मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन । बिहिवार साँझ भएको स १ त ७३२३ नम्बरको ट्याक्टर दुर्घटनामा लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका २२ वर्षे चालक सुविन राई र सोही स्थानका २४ वर्षे पवन राईको घटना स्थिलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरि दुर्घटनामा परी घाईते हुनेमा लिम्चुङबुङ–४ बलम्ताका वर्ष ३१ को बिषु राई, बर्ष १२ को सोनिक राई, वर्ष १७ को मनिषा राई, वर्ष २१ को गुनु राई, वर्ष २४ को पुनम राई, बस्ने वर्ष २७ को लबिप राई, वर्ष १३ को पूजा राई र वर्ष १७ को टुसार राई रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।

अहिले जिल्ला अस्पता गाईघाटमा उनिहरुको उपचर भईरहेको छ, भने मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पतालमै राखिएको छ । प्रहरीको अनुसार पिक्निक खाएर फर्कने क्रममा बलम्ता स्थित मैसंखाडाडाँमा सो ट्याक्टर दुर्घटना भएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *