उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एकको अबस्था गम्भिर

गजेन्द्र राई
उदयपुर । उदयपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन । जिल्लाको बेलका नगरपालिका–९ स्थित खारखोलमा आईतबार भएको दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ बस्ने बर्ष ४५ को शैलेश माझीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रापपुरठोक्सिलाले जनाएको छ ।

प्रहरीको अनुसार बेलका नगरपालिकाको सेतीखोलाबाट रामपुर बजारतर्फ आउने क्रममा उक्त मोटरसाईकल दुर्घटना भएको थियो । नदाहा, चतरा, कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा माझीको टाउकोमा गहिरो चोट लागेको थियो ।

घाईते माझीको उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ईप्रका रापपुरठोक्सिलाका प्रहरी निरिक्षक नविन सिंहले बताए । उनका अनुसार माझीसगै सवार बराहक्षेत्र नगरपालिका– ६ बस्ने बर्ष १७ को जितेन राई गम्भिर घाईते भएको थियो । घाईते राईको उपचार विपीमै भईरहेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *