श्रीमानको खुकुरी प्रहारबाट श्रीमति गम्भिर घाईते

उदयपुर । श्रीमानको खुकुरी प्रहारबाट उदयपुरमा एक महिला गम्भिर घाईते भएका छन् । घाईते हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट स्थित संगम बस्ने बर्ष बर्ष ४२ की अर्पना पराजुली रहेकी छिन् । उनि गाईघाट बजारको बि.पि. चोकमा पसल गर्दै आएका थिए । पसलमा बसिरहेको अवस्थामा उनिमाथी श्रीमान सुभाष कुमार पराजुलीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट अर्पना गम्भिर घाईते भएका छन् । उनको टाउकोमा गम्भिर चोट छ । त्रियुगा अस्पताल गाईघाटमा प्राथामिक उपचार पछि उनलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको छ । त्यसैगरि खुकुरी प्रहार गर्ने श्रीमान सुभाष कुमारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *