‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को पाँचौं संस्करण बैशाख २२ देखि सुरु (भिडियो सहित)

उदयपुर ।  ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को पाँचौं संस्करण बैशाख २२ गतेदेखि हुने भएको छ । गोल्डकप मूल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको हो । उक्त गोल्डकप २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ । सदरमुकाम थरुहट–त्रियुगा रंगशालामा आयोजना हुने प्रतियोगिताले यसवर्षदेखि पुरस्कार राशी तेब्बर बृद्धि गरेर ५ लाख पु¥याएको छ । गतवर्ष १ लाख ५० हजार प्रथम पुरस्कार रहेको यो वर्ष बढाएर ५ लाख पु¥याइएको र १ लाख राशीको उपविजेतालाई बढाएर ३ लाख प¥याइएको मूल आयोजक समितिका अध्यक्ष किरण राईले बताएका छन् ।

अध्यक्ष राईका अनुसार प्रतियोगिताको संयोजन त्रियुगा नगरपालिकाको रहनेछ भने उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ वटै स्थानीय तहको सहयोग हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजन एसियन थाईफुड्स प्रालि र प्राविधिक सहयोग राष्ट्रिय खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समितिले गर्नेछन् । सहप्रायोजन गोर्खा प्रुवरी प्रालि, जाउलाखेल डिस्टीलरी, उदयपुर सिमेन्ट उद्योग र हिमाली यातायात व्यवसायी संघलगायत बिभिन्न संघसंस्थाहरुले गर्ने सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगितामा खेल समूहको टुंगो लागिनसकेको भए पनि साविककै टिमहरुको सहभागिता रहनेगरी सम्झौता प्रक्रिया अघि बढिसकेको आयोजकले जनाएको छ । जसमा ए डिभिजनका राष्ट्रिय टिमहरु झापा ११, थ्रीस्टार क्लब, नेपाल आर्मी क्लव, नेपाल पुसिल क्लब र शंकटा क्लब काठमाडौं, मनाङ मस्र्याङ्दी काठमाडौंलगायत मोरङ ११, सुनसरी ११, रुपन्देही ११ र घरेलु टिम उदयपुर ११ को सहभागिता रहने छ । पत्रकार सम्मेलनमा अध्यक्ष राईले उदयपुर गोल्डकप जिल्लाको जेठो गोल्डकप भएको भन्दै सबैको साथ सहयोगबाट विगत ६ वर्षदेखि निरन्तर सफल सञ्चालन हुँदै आएको बताए ।

उनले गोल्डकपकै कारण सदरमुकाममा थरुहट–त्रियुगा रंगशाला निर्माणको अन्तिम चरणमा पुगिसकेको बताउँदै यसले सबै खेलप्रेमीलाई गौरवान्वित गराएको बताए । उदयपुर गोल्डकपको सिको गर्दै सुरु भएको कटारी गोल्डकपका कारण कटारीमा यसै आर्थिक वर्षदेखि टाईगर रंगशाला निर्माणको क्रम सुरु हुन लागेको बताए । मूल आयोजक समिति महासचिव आनन्ददेव चौधरीका अनुसार प्रतियोगितामा लगभग ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । त्रियुगा नगरपालिकाले १० लाख रकम विनियोजन गरेको छ भने बाँकी रकम प्रायोजक र सहप्रायोजकबाट जुटाउनुपर्ने उनले बताए ।

प्रतियोगिता सफल बनाउनका लागि मूल आयोजकको बैठक तत्काल राखेर विषयगत उपसमितिहरुको गठन गरी सोमबारदेखि नै तयारी थाल्ने आयोजकले जनाएको छ । आर्थिक, प्रचारप्रसार, सुरक्षा, मञ्च तथा फिल्ड व्यवस्थापन, अतिथि सत्कारलागयत उपसमितिहरुको गठन गरेर लागी पर्ने समितिको निर्णय छ । स्वास्थ्य, अनुशासन, राष्ट्रियता र स्थानीय विकासमा खेलकुद क्षेत्रले पु¥याउने योगदानलाई गोल्डकप प्रतियोगिताहरुले प्रत्यक्ष सहयोग गर्ने गरेको आयोजक समितिको दावी छ । उदयपुरमा त्रियुगा नगरपालिकामा उयदपुर गोल्डकप, कटारी नगरपालिकामा कटारी गोल्डकप र चौदण्डीगढी नगरपालिकामा बसाहा गोल्डकप सञ्चालन हुदै आएका छन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *