बम विष्फोट गराएको आरोपमा पूर्व सभासद्सहित सात बिप्लब कार्यकर्ता पक्राउ

उदयपुर । उदयपुरमा भएको बिभिन्न बम विष्फोटका घटनाहरुमा संलग्न भएको आरोपमा पूर्व सभासद्सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेषगरि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लाको उदयपुरगढी गाउँपालिका स्थित दनुवारबेसि देखि यता भईरहेको बम विष्फोटका घटनाहरुमा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पूर्व सभासद् किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको छ ।

पूर्व सभासद् राई नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी व्युरो इन्चार्ज समेत रहेका छन् । राई ०६४ को संबिधानसभा निर्वाचनमा सुनसरीबाट तत्कालिन नेपाल नेकपा माओवादीको तर्फबाट विजयी भएका थिए । चैत्र पहिलो साता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राईलगायतलाई पुनः प्रशासन परिसरबाटै पक्राउ गरी उदयपुर ल्याइएको नेकपाका उदयपुर कार्यालय सचिव प्रशान्तले बताए ।

उनले दुई दिन अघि उदयपुरको सदरमुकाम गाईघाट स्थित रंगशालामा भएको बाम विष्फोटमा नेकपाको संलग्नता नरहे पनि धरपकड गरेर द्वन्द्व निम्त्याउन खोजिएको बताए । यस बिषयमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले अघिल्लो दिन धनकुटाबाट पक्राउ परेका ७ जनालाई उदयपुर ल्याईएको पुष्टि गरे । तर, पक्राउ पर्नेहरुको नाम, ठेगाना खुलिनसकेको उनले बताए ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *