उदयपुरमा दुव्र्यसन विरुद्ध विद्यालयमा सचेतना कक्षा

उदयपुर । बढ्दो लैङ्गिक हिंसा, वाल विवाह र लागु पद्धार्थ दुव्र्यसनविरुद्ध उदयपुरमा सचेतना कक्षा सञ्चालन गरिएको छ । महिला तथा वालबालिका कार्यालय उदयपुरको आयोजनामा जिल्लाका विभिन्न विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गरिएको हो ।
बनेका ऐनकानुन कार्यान्वयन भएपनि सचेतनाको अभावमा घटनाहरु बढिरहेकाले न्युनिकरणका लागि बिद्यालयहरुमा अभियान सञ्चालन गरिएको महिला विकास अधिकृत निर्मला कार्कीले बताईन । सचेतना कक्षामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लैङ्गिक हिंसा, वाल विवाह र लागू औषधको बारेमा जानकारी दिईएको उनले बताईन ।

उनले भनिन ‘विद्यालयमा पढ्ने किशोर किशोरीहरुमा कुलतमा फस्ने संभावना बढी हुने हुनाले उनीहरुलाई लक्षित गरेर कार्यक्रम गरिएको हो ।’ कार्यालयले चैत महिन भित्र तीनवटा विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । कार्यालयले जनता अधारभुत विद्यालय असारी, उदयपुर सेकेन्डरी बोडिङ्गस्कुल गाईघाट र त्रियुगा लिटिल फ्लावर बोडिङ्ग स्कुल बोक्सेका करिव एक हजार छात्र छात्रालाई अनुशिक्षण गराइएको कार्कीले जानकारी दिईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, एसपी नवराज भट्ट, महिला विकास प्रमुख निर्मला कार्की र प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सहजिकरण गरेका छन् ।

प्रजिअ विष्णु कार्कीले किशोर किशोरी छात्र छात्राहरुलाई आफ्नो बानी व्यहोरा र आचरणको बारेमा सचेत रहन आग्रह गरे । ‘विभिन्न अपराध र कुलतमा फस्ने भनेको किशोर उमेरमै हो, त्यसकारण हामीले कुन कुरा गर्नुहुने कुन नहुने विचार गरेर कदम चाल्नु पर्छ ।’ प्रजिअ कार्कीले भने । त्यस्तै प्रहरी उपरिक्षक एसपी नवराज भट्टले कानुनले निषेध गरेका कुराहरु नगर्न आग्रह गरेका थिए । कानुनी अज्ञानता क्षम्य नहुने हुदाँ लैङ्गिक हिंसा, बालविवाह, लागुपद्र्धाथ दुव्र्यसनमा लागे कानुन अनुसार कार्वाही हुने भट्टले बताए ।
साना उमेरमै विवाह गर्ने र यसको असर दीर्घकालिन समयसम्म रहिरहने भएकाले बालविवाह अन्यतका लागिपनि अभियानलाई अगाडी बढाइएको प्रमु्ख कार्कीले बताईन् ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *