सरकारी सवारी साधान दुरुपयोग गर्दै हिड्ने उदयपुरको बन अधिकृत यादबले रक्सी पसलबाटै पत्रकारलाई चुनौती (रक्सी पसलको भिडियो सहित)

उदयपुर । उदयपुरको गाईघाटमा सञ्चालित त्रियुगा महोत्सव केही कर्मचारीहरुको मोजमस्ती गर्ने थलो बनेको छ । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले एक होटलमा मात्तिएर मेलाको विषय जोड्दै मिडियालाई गालीगलौज गरेको अडियोले यस कुराको पुष्टि गरेको छ । “केहीदिनअघि महोत्सवमा सरकारी मोटरसाईकलको दुरुपयोग” भन्ने समाचारप्रति विमति प्रकट गर्दै सहायक वन अधिकृत यादवले आफुले पनि दुरुपयोग गरेको तर, कारवाही गरेर देखाउनु भन्ने चुनौती दिएका छन् ।

अपशब्द प्रयोग गर्दै पत्रकार महासंघको नामै तोकेर उनले लड्नका लागि चुनौतीसमेत दिएका छन् । मदिराले लठ्ठिएको स्वरमा उनले आफु विन्दास मान्छे भएको, इज्जतका लागि मात्र जागीर खाएको भन्दै दशमिनेटमा अमेरिकाको भिजा लाग्ने फुर्तीसमेत दिएका छन् ।

पटकपटक आर्थिक चलखेलको आरोप लाग्ने गरेका सहायक वन अधिकृत यादवले अन्य बेलापनि सार्बजनिक स्थानमै सिनियर अफिसरको खिल्ली उडाउने र जुनियर कर्मचारीहरुलाई पेलान दिनेसमेत गरेका छन् । आफुलाई सरकारी मान्छे भन्दै उनले सरकारी सवारी साधन जे गरेपनि हुन्छ भन्ने आशय व्यक्त गरेका छन् । व्यक्तिगत स्वतन्त्रताको नाममा मेला, महोत्सवतिर मोजमस्ती गरिहिड्ने यादव जस्ता केही कर्मचारीका कारण सिंगो कर्मचारी क्षेत्र बद्नामीको भागिदार बन्नुपरेको छ ।

यतिमात्र हैन, पत्रकार र पत्रकारिता क्षेत्रलाई बदनामी गर्दै दिएको आपत्तिजनक उनको अभिव्यक्ति र सरकारी सवारी साधनको दुरुपयोगको छानविन तथा कारवाही हुनु जरुरी छ । सम्बन्धीत निकायले यसअघि दुरुपयोग भएको मोटरसाईकल र कर्मचारीको खोजी गरी कारवाही गरेकोसमेत पाइएको छैन । यस विषयमा जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद पौडेलले आप्mनो कर्मचारीबाट गल्ति भएको पाएमा आवश्यक कारवाही गर्ने बताएका छन् । यस विषयमा सहायक वन अधिकृत यादवले वनको बा १ प ४१४ नम्बरको मोटरसाइकल महोत्सवमा लगेको स्विकार गर्दै गल्ती भए माफि माग्ने बताएका छन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *