प्रदेश नम्बर एकका मुख्यमन्त्री उदयपुरको महोत्वमा नआउने

उदयपुर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई उदयपुरको गाईघाटमा हुने महोत्सवमा नआउने भएका छन् । जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादीत भएपछि मुख्यमन्त्री राई नआउने भएका हुन् । मुख्यमन्त्री राई प्रमुख अतिथिकको रुपमा आउने भनिएपनि महोत्सव बिवादीत हुदै गएपछि नआउने भएको हो ।

परिक्षाको मुखमा महोत्सव राखेको, बर्षैपिच्छे महोत्सव लगाएपनि एउटा उपलब्धी देखाउन नसकेको, संस्थाभित्र आर्थिक घोटला रहेको र संस्थै नविकरण नरहेको लगायतका कुराहरु सञ्चारमाध्यमहरुमा आएपछि कार्यव्यस्तताको कारण देखाउदै मुख्यमन्त्री राई नआउने भएका हुन् । “मुख्यमन्त्री ज्यूको कार्य व्यस्तताको कारण आउन नसक्ने अवस्था भो” पत्रकार ध्रुव सुवेदीले बताए ।

फागुन १५ देखि २५ सम्म सञ्चालन हुने महोत्सवमा मुख्यमन्त्री नआउने भएपछि नयाँ प्रमुख अतिथिको खोजीमा आयोजक लागेको छ । संघका उपाध्यक्ष रमेश विकले विहानसम्म मुख्यमन्त्री आउने कुरा थियो, फेरी नआउने भन्ने कुरा आएको बताए । मुख्यमन्त्री नआउने भएपछि संघका केन्द्रिय पदमा आसिन व्यक्तिलाई बनाउने तयारी भईरहेको उनको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *