सांसद थापालाई सम्मानसँगै बिदाई

उदयपुर । सामुदायिक प्रहरी सेवा केन्द्र उदयपुरले प्रदेश सांसद अम्बिका थापालाई सम्मानसँगै बिदाई गरेको छ । सामुदायिक प्रहरीको उपाध्यक्ष रहेकी थापालाई बिहीबार जिल्ला प्रहरी कार्यालय परिषरमा सांसद बन्न सफल भएकोमा सम्मान गर्दै जिम्वेवारीबाट विदाई गरिएको हो ।  त्यसक्रममा उनलाई सेवा केन्द्रका अध्यक्ष प्रकाशकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्ट, कोषाध्यक्ष महेश्वरी राई लगायत अन्य सदस्यहरुले अविर र खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले थापाले सेवा केन्द्रमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि उत्तिकै साथसहयोगको आबश्यक रहेको बताएका थिए । उनीहरुले आगामी दिनमा प्रदेश सरकारसँग आबश्यक समन्वय गरी उदयपुरको सामुदायिक प्रहरीलाई देशकै नमुना बनाउन भुमिका खेलिदिन आग्रह गरे । सो अवसरमा बोल्दै सांसद थापाले जिल्लाका हरेक गतिबिधिहरुमा सामुदायिक प्रहरीले सकारात्मक ढंगले उपस्थितिजनाई कामहरु गरेको चर्चा गरिन् । उनले विशेषगरी लागुऔषध नियन्त्रण, समाजमा भईरहेका नकारात्मक सन्देशलाई नियन्त्रण गर्न आफु्हरु सफला भएको दावि गरिन ।

थापाले माथिल्लो निकायबाट सामुदायिक सेवा केन्द्रलाई गर्ने सहयोग प्रति आफु सधै सकारात्मक रहि आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । थापा नेकपा एमालेकोतर्फबाट भर्खरै प्रदेश सांसद बनेकी हुन् । यता थापाको बिदाईसँगै रिक्त रहेको उपाध्यक्ष पदमा मानवअधिकारकर्मी भरत खड्कालाई मनोनित गरिएको छ । खड्का यसअघि सदस्यमा थिए ।

कार्यक्रमअन्र्तगत पहिलोचरणमा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुखसँग छलफल र त्यसपछि बिद्यालय र सार्वजानिक स्थलमा कार्यक्रमको आयोजना गरी अभियानलाई अघि सार्ने निर्णय गरिएको अध्यक्ष प्रकाशकुमार बस्नेतले जानकारी दिए । साथै अपराध नियन्त्रणका लागि आबश्यक ठाउँहरुमा सिसी क्यामेरा जडानका लागि स्थानीय तहलाई अनुरोध गर्नेसमेत निर्णय भएको बस्नेतले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *