शिक्षकले दलिय राजनीति गरेर उदयपुरमा जागिर जाने

उदयपुर । उदयपुरको सुनकोसी गाँउपालिका भित्र रहेको विद्यालयमा कार्यरत शिक्षकहरुले दलिय राजनीति गरे जागिर जाने भएको छ । सुनकोसी गाँउ कार्यपालिकाले केहीदिन अघि शिक्षा गुणस्तर बढाउनको लागि शिक्षकलाई दलिय राजनीतिमा प्रतिबन्ध लगाएपछि जागिर जाने भएको हो । गाँउपालिका प्रशासकीय प्रमुख भक्तबहादुर राईका अनुसार नेपालको संविधानको अनुसुची ८ को बुदा नम्वर ८ ले दिएको अधिकार बजमोजिम शिक्षलाई राजनीतिक झण्डा बोक्न प्रतिबन्ध लगाइएको छ ।

‘गाँउपालिकाभित्र रहेका विद्यालयको व्यवस्थापन, नयाँ विद्यालयलाई अनुमतिदिने, शिक्षकको पदपुर्ति गर्ने अधिकार गाँउपालिकालाई छ,’ प्रमुख राईले भने, ‘त्यही संविधानले दिएको अधिकार भित्र रहेर सुनकोसी गाँउपालिका शिक्षा निमावली २०७४ तयार गरी प्रतिबन्ध लगाएका हौ ।’ प्रशासकीय प्रमुख राईले विभिन्न राजनीतिकदलको भातृ संगठनमा रहेर सार्वजानिक पद धारण गर्ने, विद्यालयको समयमा राजनीतिक दलको कार्यक्रममा बसेर भाषण गर्ने, संगठन निर्माणको लागि विद्यालयको अध्यपन छाडेर हिड्नलाई रोकिएको छ ।

गाँउपालिकाभरी शिक्षामा सुधार ल्याउनको लागि गाँउकार्यपालिकाको ७ औं बैठकले शिक्षकलाई राजनीतिमा प्रतिबन्ध लगाएको हो ।
उक्त गाँउपालिकामा उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय र प्रथामिक विद्यालय गरी जम्मा ३४ वटा विद्यालय रहेका छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *