आदरनीय न्यायप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु,
संघिय लोकतान्त्रकि गणतन्त्रको घोषणसंगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिर्वतनको महान् उपलब्धीका रुपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेला राट्रको मुख्य कार्यभार हो । निर्दिष्ट समयसिमा भित्र संघ, प्रदेश र स्थानिय तहको निर्वाचनले त्यस कार्यभारलाई पुरा गर्दछ । स्थानिय निर्वाचन सम्पन्न भईसकेको परिप्रेक्ष्यमा आगामी मंसीर २१ गते संघ र प्रदेश तहको निर्वाचन सम्पन्न हुने क्रमसंगै संबिधान कार्यान्वयनको मुख्य कार्यभार पुरा हुनेछ । राष्ट्रको यो युगान्तकारी परिर्वनका लागी नेपाली जनताले विगत ७० वर्ष देखी अनेकौ शान्तिपुर्ण जन आन्दोलन र सशस्त्र संघर्षहरु संञ्चालन गरेका छन् । यी सबै संघर्षहरुको परिणम नेपालमा सयौ वर्ष देखि कायम राजतन्त्रात्मक ब्यवस्थाको अन्त्य भई संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको छ । यी संम्पुर्ण संघर्षमा भागलीने जनसमुदायलाई कृतज्ञता भाव सहित अभिनन्दन गर्दछु । म महान् सहिदहरु, आन्दोलनका अग्रजहरु,आन्दोलन र संघर्षका योद्धाहरु एवं आम जनसमुदायको सपना, अपेक्षा र आकांक्षा पुरा गर्ने दृढसंकल्प गर्दछौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यापक उल्साहका साथ सहभागी हुन संम्पुर्ण मतदाताहरुलाई हार्दिक आवह्वान गर्दछौ । यस निर्वाचनमा सहि एवं योग्य जनप्रतिनिधी चयन गरि नयाँ संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्र निमार्णका लागी सामाजीक–आर्थिक रुपान्तरणलाई साकार पर्ने कार्यमा योगदान गर्न म हार्दिक एवं विनम्र अनुरोध गर्दै यो प्रतिबद्धता पत्र मार्फत आफ्नो प्रतिवद्धता व्यक्त गर्दछु ।
मेरो प्रमूख प्रतिबद्धता तथा कार्ययोजनाहरु
१, सुशासन ः
(क) यस निर्वाचन क्षेत्रमा रहेको नागरिकहरुलाई सार्वजनिक सेवा प्रवाह गर्ने नीकाय तथा संघसंस्थाहरुबाट उपलब्ध हुने सेवा सुविधालाई गुणस्तरीय र प्रभावकारी वनाई पारदर्शि,जवाफदेही र भ्रष्टाचारमुक्त बनाईनेछ ।
(ख) नागरिक वडापत्रको कार्यान्वयनका साथै नागरिकहरुको गुनासो सुनुवाई संयन्त्र निर्माण र परिचालन गरिनेछ । साथै सार्वजनिक विकास तथा सेवाको प्रभावकारिताका लागि सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण प्रणालीको विकास गरिनेछ ।
२. शिक्षाः
(क) सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरि शिक्षालाई आधुनिक प्रतिष्प्रधात्मक, बालमैत्री शिक्षामा जोड दिईनेछ । व्यवसायिक तथा प्राविधिक शिक्षाको विकास गर्दै शिक्षामा सबैको सहज पहुँचको सुनिश्चितता गरिनेछ
(ख) सामुदायिक विद्यालयहरुको पूर्वाधार विकास गरि अंग्रेजी माध्यमबाट शिक्षा र आधुनिक प्रविधियुक्त (इन्टरनेट,कम्पुटर प्रबिधि लगायत) माध्यमबाट अध्ययन अध्यापनको व्यवस्था गरिनेछ ।
(ग) यस निर्वाचन क्षेत्रमा कृषि तथा पशु विज्ञान, इन्जिनियरिङ्ग र वन विज्ञान अध्ययनका लागि आबश्यक शिक्षालयहरुको स्थापना गरि प्रदेशको उच्च शिक्षा विकासको लागि पहल गरिनेछ ।
(घ) हाल संचालनमा रहेका त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा र बरुवा क्याम्पस गाईघाटको पूर्वाधार विकासका साथै गुणस्तर सुधारमा लगानीबृद्धि गरि उच्च शिक्षा हासिलमा सहयोग गरिनेछ ।
३ स्वास्थ्य ः
(क) नागरिकको स्वास्थ्य सम्बन्धी हकलाई सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य सुविधा नागरिकहरुलाई सहजढंगबाट स्वास्थ्य सेवा प्रवाह गर्ने व्यबस्था मिलाईनेछ । साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई अनिवार्य एवं प्रभावकारीरुपले कार्यान्वयन गरिनेछ ।
(ख) स्थानीय तहमा संचालन भईरहेको स्वास्थ्य संस्थाहरुको स्तरउन्नोति गरिनेछ । स्वास्थ्य सुविधा थप गरि विपन्न र असहाय परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराईने व्यबस्था मिलाईनेछ । यस साथै पूर्ण खोप कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।
(ग) स्वास्थ्य केन्द्रमा सबै नागरिकहरुलाई निशुल्क स्वास्थ्य सुविधाको व्यवस्था गरिनेछ , बर्थिङ्ग सेन्टर र महिला स्वास्थ्य परामर्श केन्द्रको विकास गरि बाल तथा मातृमृत्यूदर घटाउन हदैसम्म प्रयास गरिनेछ ।
४. सडक तथा यातायात ः
(क) प्रदेश सभा १(२) तथा त्रियुगा नगरक्षेत्रका लागि गाईघाटदेखि जोगिदह, बहेडवा,भातिखर्क साउने धाप्लाङ्ग, खाबु रानिबास डहरहुदै जाल्पा चिलाउनेको आहाले, सुकौरा, कौवाई,कालिखोला,मोहनपुर,दमौतिहुदै बगाहा मयुर बन,मोतिगडाबाट खैजनपुर हुदै जोगिदहसम्म बाहिरी रिङ्गरोड सडक निर्माण गरि कालोपत्रे गरिनेछ ।
(ख) गाईघाटदेखि बोक्से करमगाछी बेल्दोभान,त्रि.न.पा.१६ नं.वडा कार्यालयहुदै सुकौरा, भान्टाबारी, चुहाडे, झोरा, राजाबास गैरुन हुदै गाईघाट वजारसम्मको भित्रि रिङ्गरोड सडक निर्माण गरि कालोपत्रे गरिनेछ ।
(ग) यस प्रदेशको निर्वाचन क्षेत्रभित्र रहेका लोकमार्गहरु सगरमाथा (गाईघाट–दिक्तेल) पूर्व पश्चिम बैकल्पिक लोकमार्ग (चतरा– काठमाण्डौं) को निर्माण कार्यमा तिब्रता दिनुका साथै नियमित मर्मत संभारमा जोड दिईनेछ ।
(घ) त्रियुगा नगर क्षेत्रमा स्थानीय वडाहरुबाट खोलिएका नयाँ तथा पुरानो स्थानीय सडक तथा सहायक सडकहरुको स्तरउन्नोति गरि बारै महिना यातायात संचालनको प्रबन्ध मिलाईनेछ ।
(ङ) यस प्रदेश सभा क्षेत्रबाट अन्य छिमेकी स्थानीय तह तथा प्रदेश सभा क्षेत्र जोड्ने सामरिक महत्वका सडकहरु गाईघाट, सुकौरा आहालेहुदै रौता सडक, गाईघाट मुर्कुचिहुदै नेपालटार सडक, गाईघाट साउने धाप्लाङ्ग,खाबु रानीबास डहर खोटाङ्ग जोड्ने सडक र गाईघाट बेल्टारहुदै बेलका नगर जोड्ने सडकलाई उच्च प्राथमिता दिई निर्माण तथा स्तरउन्नति गरिनेछ ।
(च) जोगिदहमा निर्माणाधिन विमानस्थलको कार्यलाई तिब्रता दिई हवाई सेवा सुचारु गरिनेछ ।
५ सूचना तथा संचार ः
(क) यस प्रदेश निर्वाचन क्षेत्रभित्र सबै वडा तथा बस्तिहरुमा संचार सेवा विकास गरि सेवालाई प्रभावकारी एवं सर्बसुलभ बनाईनेछ । साथै स्थानीय क्षेत्रभित्र ईन्टरनेट सेवा विस्तार गरि पछाडी परेका क्षेत्र तथा समुदायहरुमा सुलभ प्रविधिमैत्रि वातावरणको व्यबस्था गरिनेछ ।
(ख) सामुदायिक एफ.एम. रेडियो संचालन गरि स्थानीय कृषि तथा उद्योगजन्य उत्पादनको प्रचार प्रसार, आन्तरिक पर्यटन र सार्वजनिक महत्वको सूचना स्रोतकोरुपमा विकास गरिनेछ ।
६. खानेपानी तथा सरसफाइ ः
(क) बरुवा र त्रियुगा नदिको मुहान गरि बृहत खानेपानी योजना कार्यान्वयनगरि सबै नागरिकहरुलाई स्वच्छ खानेपानी वितरण व्यबस्था मिलाईनेछ ।
(ख) यस क्षेत्रको गाईघाट, जलजले, चुहाडे, राजावास, जोगिदह, असारी, बगाहा र मोतिगडा लगायतका स्थानहरुमा जमिनमुनिबाट स्वच्छ पिउने पानी निकाली खा.पा.वितरण गरिनेछ ।
(ग) पूर्ण सरसफाइ कार्यक्रमलाई उच्च प्राथमिकता दिई कार्यान्वयन गरिनेछ ।
७. विद्युत तथा उर्जा ः
(क) नगरभित्रका सबै भागका सडक तथा चोकहरुमा सौर्यबत्ति जडान गर्ने, सामुदायिक विद्यूतिकरण कार्यक्रमलाई विस्तार गरि सवै घरधुरमा सेवा प्रदान गरिनेछ ।
(ख) ग्रामीण क्षेत्रका सवै घरमा सुधारीएको चुला,े सोलार र गोवरग्यास प्लान्ट निर्माण गरी घरभित्र धुवामुक्त वातावरण विकास गरिनेछ ।
(ग) त्रियुगा नगरको वडानं. १५ को निर्मली छाँगा र वडानं. १६ को त्रियुगा खोला मुहान तिनधारे छाँगाबाट लघु जलविद्युत उत्पादनको संभाव्य अध्ययन गरि स्थानीय विद्युत माँगलाई पुरा गरिनेछ ।
८. आवास तथा शहरीकरण ः
(क) यस प्रदेश सभा निर्वाचन क्षेत्रभित्र व्यवस्थित शहरीकरण, खानेपानी, विद्युत र अन्य सुविधाहरूको सहज आपूर्ति, फोहर मैला व्यवस्थापन र हरियाली विकासको विशेष कार्यक्रम मार्फत स्वच्छ, सुन्दर शहरीकरणको गुरु योजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।
(ख) भवननिर्माण आचार संहिता कार्यान्वयन, भूकम्प प्रतिरोधी भवन निर्माणलाई अनिवार्य गर्दै पुराना घरहरूलाई भूकम्प प्रतिरोधात्मक बनाउन रेक्ट्रो फिटिङ गर्ने व्यवस्था मिलाइनेछ यसका लागि स्थानीय सिकर्मी, डकर्मीहरूलाई भूकम्प प्रतिरोधात्मक भवननिर्माण तालिम दिई क्षमता विकास गरिनेछ ।
(ग) जनता आवास कार्यक्रम अन्तर्गत गरीब दलितहरुको नमुना आवास निर्माणमा जोड दिईनेछ ।
(घ) प्रकृतिक विपदको उच्च जोखिम क्षेत्रमा बसोबास गरिरहेका जनतालाई सुरक्षित र सुविधाजनक बसोबासको प्रवन्ध गरिनेछ साथै एउटा विपद आकस्मिक सहयोग कोषको स्थापना गरि विपदको समयमा नागरिकहरुलाई आकस्मिक सहयोग प्रदान गरिनेछ ।
(ङ) गाईघाट स्थित सुविधासम्पन्न अत्याधुनिक प्रदेशस्तरीय मदन भण्डारी सभागृह निर्माण र संचालनमा जोड दिईनेछ
९ सिचाईं तथा नदि नियन्त्रण ः
(क) यस क्षेत्रको त्रियुगा र बरुवा नदि नियन्त्रणको राष्ट्रियस्तरको योजना निर्माण गरि गाईघाट बजार लगायत अन्य बजारलाई प्रकोपको हिसावले सुरक्षित तथा शुन्दर बजारकोरुपमा विकास गरिनेछ ।
(ख) यस क्षेत्रमा रहेका सिचाई अभावग्रस्त भुभागहरुमा सिचाईको प्रबन्ध गरि कृषि उत्पादन बृद्धि गर्दै गरिवी घटाउने साथै रोजगारीको प्रबद्र्धनमा ध्यान केन्द्रित गरिनेछ ।
(ग) पहाडी भुगोलमा रहेका गाउँ बस्तिहरु जाल्पा चिलाउन,े खाँबु र साउने लगायतका क्षेत्रमा सिचाई कुलो निर्माणमा विकासका साझेदारहरुसंग साझेदारीका साथै स्थानीय सहभागिताको माध्यमबाट योजना निर्माण तथा कार्यान्वयन गरिनेछ ।
१०. कृषि र सहकारी ः
(क) निर्वाहमुखि कृषि प्रणालीलाई परिवर्तन गरि व्यवसायिक कृषि प्रणालीको निति अवलम्वन गरिनेछ । कृषकहरूको उत्पादन बजारसम्म पु¥याउन सवै वडामा संकलन केन्द्र सञ्चालन गरिनेछ यसका साथै लघु उद्यम विकासमा जोड दिईनेछ ।
(ख) तरकारी, माछा–मासु र दुग्ध जन्य बस्तुमा आत्मनिर्भर बनाउदै तरकारी, फलफुल र जडीबुटीको संभावित क्षेत्रको पहिचान गरि यसको प्रबद्र्धन र विकासमा जोड दिईनेछ साथै कृषक सहुलियत ऋणको व्यबस्था, कृषि तथा पशु सेवा प्राविधिक सहयोग, कृषि सामग्री र थप अनुदान सहयोगको व्यबस्था गरि कृषि तथा उद्योगजन्य उत्पादनबृद्धि गरि आयआर्जन विकासमा जोड दिईनेछ ।
(ग) पशु तथा बाली विमाका लागि कृषकहरुलाई प्रोत्साहन गर्ने र शुल्कमा आवश्यक अनुदानको व्यबस्था गरिनेछ ।
माटो परिक्षणका आधारमा उपयुक्त हुने एक गाउँ एक उत्पादनको नीति कार्यान्वयन गरिनेछ साथै तरकारी, फलफूल, मसलाका साथै नगदेवालीहरुको पकेट क्षेत्र निर्माण गरि रोजगारीको विकास गरिनेछ ।
(घ) सहकारीको माध्यमबाट गाउँ समाजमा छरिएर रहेको सानो पूँजीलाई बचत परिचालनका माध्यमबाट एकत्रित गरी राष्ट्रिय पूँजी निर्माणमा जोड्ने र कृषि उत्पादनबृद्धि र दुग्धजन्य बस्तु उत्पादनमा सहयोग गर्ने सहकारीहरूलाई प्रविधियुक्त बनाई उत्पादन र बजारीकरणलाई व्यवस्थित गरिनेछ ।
११. कला, साहित्य तथा संस्कृति ः
(क) यसक्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति समुदायको सांस्कृतिक पहिचानको संरक्षण र विकासको एजेण्डालाई आत्मसाथ गरि अगाडी बढाईनेछ ।
(ख) आदिवासी जनजातिहरुको भाषा, संस्कृति र साहित्यको खोज, अन्वेषण, प्रकाशन, विस्तारका लागी अनुसन्धान परिषद् गठन गरि आवश्यक कार्यहरु पहल गरिनेछ ।
(ग) वास्तुकला, चित्रकलाको प्रवद्र्धनकका लागी श्रष्टाहरुलाई सम्मान तथा अनुदान उपलव्ध गराई सांस्कृतिक संग्राहालय निर्माणमा जोड दिईनेछ ।
(घ) सबै धर्म संस्कृतिका मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च,पाटी पौवा, तलाउ पोखरी निर्माण तथा संरक्षण गरि विकास गरिनेछ ।
१२. उद्योग र पर्यटन प्रवद्र्धन ः
(क) यस क्षेत्रभित्रका पर्यटकीय क्षेत्र साउनेको धाप्लाङ्गको सुनकोशीमा ¥याफ्टिंग सेवा सञ्चालन, जाल्पा चिलाउनेको आहाले जिरायत,बेल्दोभान सरस्वती महादेव थान,सिमेन्ट उद्योग सुकौरा, जाल्पादेवी थान, खाबुको हुवास,डहरमा होम स्टे संचालन र भ्यू टावरहरु निर्माण, कालीखोला ककनी महादेव थान,बगाहा श्रीपुरको मयुर बन, मोतिगडाको झुरझुरे पार्क, चप्पनको शहीद पार्क, ढिम्की पिकनिक स्थल लगायतको पूर्वाधार विकास गरि आन्तरिक तथा बाह्य पर्यटन विकास गरि रोजगारी प्रबद्र्धन गरिनेछ ।
(ख) त्रियुगा नगरपालिका वडानं. १६ सुकौरालाई सिमेन्ट हवकोरुपमा विकास गरि आर्थिक तथा रोजगारीको सिर्जना गरिनेछ । साथै उदयपुर सिमेन्ट उद्योगलाई विस्तार र विकास गरि औधोगिक पर्यटनकोरुपमा लगिनेछ ।
(ग) साना तथा घरेलु उद्योगहरूको प्रबद्र्धनका लागि औद्योगिक तथा घरेलु वस्तु विक्रीवितरण तथा प्रदर्शनी स्थलको निर्माण गरिनेछ ।
१३. युवा तथा खेलकुद विकास ः
(क) युवाहरुलाई विकास साझेदारको रुपमा परिचालन गरिनेछ साथै युवानिति २०७२ को कार्यान्वयन गरिनेछ ।
(ख) यस क्षेत्रको सबै स्थानीय वडाहरुमा सुविधा सम्पन्न खेलमैदान निर्माण गरि खेलकुदको विकास गरिनेछ । साथै यस निर्वाचन क्षेत्रमा कम्तिमा १ राष्ट्रिय तथा प्रदेशस्तरीय रंगशालाको निर्माण गरिनेछ । पुरानो गाईघाट स्थित थारुहट रंगशालाको विकासमा जोड दिईनेछ
१४. सुकुम्बासी समस्या समाधान ः
(क) यस क्षेत्रमा बसोबास गरिरहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी सुकुम्बासी परिचयपत्र वितरण गर्नुका साथै सुकुम्बासी बस्तीको उचित व्यवस्थापन गरिनेछ ।
(ख) एैलेनी तथा पर्ति जग्गा भोगचलन गरिरहेको उपभोक्ताहरुलाई भोगचलनको अवस्था हेरी लालपुर्जा उपलव्ध गराईनेछ । सुकुम्बासी बस्तीहरूमा सडक, विद्युत, खानेपानी तथा टेलीफोनको पहुँच पु¥याउने कार्य कार्यान्वयन गरिनेछ ।
१५. महिला, बालबालिका तथा सामाजिक सुरक्षा ः
(क) अपाङ्गता भएका व्यक्तिहरुको प्रोफाइल तयार गरी रुचि र क्षमताअनुसार तालिम प्रदान गरी उनीहरुलाई निश्चित क्षेत्रमा सक्षम बनाउन पहल गरिनेछ ।
(ख) बालस्वास्थ्य तथा महिलास्वास्थ्यको बिषयमा प्रत्येक वडामा महिला स्वास्थ्य स्वयम्सेविका मार्फत् टोलटोलमा महिला सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
(ग) महिलाहिंसा तथा घरेलुहिंसाको सुनुवाइ तथा कारबाही गर्नका लागि एक सहायताकक्ष स्थापना गरिनेछ ।
(घ) ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुको राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता वडा कार्यालय मार्फत घरघरमा पु¥याउन सुनिश्चित गरिनेछ ।
माथि उल्लेखित प्रतिवद्धताहरु पूरा गर्नको लागि आसन्न मंशिर २१ गते हुन गईरहेको दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उदयपुर जिल्ला प्रदेश सभा १(२) को बाम गठबन्धनको साझा उम्मेदवार मलाई “गोलाकार भित्रको हसिया हथौडा” चुनाव चिन्हमा आप्mनो अमूल्य मत दिई अत्याधिक बहुमतले विजयी गराउन हार्दिक अपिल गर्दछु ।