किराती नयाँ संवतकाे स्वागत : यायाेख्खा उदयपुरद्वारा दीप प्रज्जलन

१ माघ, उदयपुर । यले संवत ५०७७ काे अवसरमा किरात राई यायाेख्खा उदयपुरले दिपप्रज्जलन गर्दै शुभकामना अादनप्रदान गरेर मनाएको छ ।

विशेगरी किराँती समुदायहरुले मनाउदै अाएकाे नयाँ बर्षकाे रुपमा यलेसम्बल अथवा माघ १ गतेको पुर्वसन्ध्यामा यायाेख्खाले जिल्लाकाे सदरमुकाम गाईघाट स्थित मेन चाेकमा शुक्रबार साझ दिपप्रज्जलन गरेर शुभकामना अादन प्रदान गर्दै मनाएको हाे । साे कार्यक्रममा संस्थाको केन्द्रीय सदस्य तथा युवा नेता किरण राईकाे विशेष उपस्थित रहेको थियोे । अाफ्नाे समुदायले नयाँ बर्षकाे रुपमा यस सम्बतलाई मनाउदै अाएकाले बिगत जस्तै यो साल पनि निरन्तरता दिएको उक्त संस्थाको जिल्ला अध्यक्ष बिमल किरातीले बताए ।

अध्यक्ष किरातीकाे अनुसार बिगतमा पनि सम्बतकाे अवसर पारेर शुभकामना अादनप्रदान गर्दै जिल्लामा विभिन्न कार्यक्रमहरु गर्दै अाएकाे छ ।

kiratinewyearwelcome-by-kirayaudayapur

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *