महिला मानव अधिकार संजालको नेतृत्वमा भण्डारी

उदयपुर ८ कार्तिक । महिला मानव अधिकार संजाल उदयपुरको नयाँ नेतृत्वमा माया भण्डारी चयन भएका छन् । संजालको मंगलबार सम्पन्न सातौ साधारणा सभा तथा पाचौ जिल्ला अधिबेशनले भण्डारीको अध्यक्षतामा १६ सदस्य कार्य समिति चयन गरेको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षमा पाण्डु परियार र देवी कटुवाल, सचिवमा सुमित्रा कोईराला, सहसचिवमा अप्सरा समाल र कोषाध्यक्षमा सानु चौधरीले जिम्मेवारी प्राप्त गरेका छन । भने सदस्यहरुमा प्रमिला थापा, शान्ता घिमिरे, सरस्वती दनुवार, मिना खड्का, शोभा दाहाल, सानु कार्र्की, पवित्रा राई र जानुका रोकाय रहेका छन । जिल्ला अधिवेशन जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले नयाँ संविधानले महिलाहरुलाई थुप्रै अधिकार दिएको छ तर पुरुषवादी मानसिकता हावी हुदाँ मौलिक हक कार्यान्वयनमा भने समस्या आउने भएकाले संजालले अधिकार कार्यान्वयनको लागी वकालत गर्नु पर्नेमा जोड दिईन । उनले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा समेत महिलालाई प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको टिकटको लागि सबै पार्टीलाई दवाव दिन आवश्यक रहेको बताईन । कार्यकममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि पत्रकार वुद्दिजिविको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *