सामाजिक क्षेत्रमा पेसोकको झण्डै १ करोड खर्च

उदयपुर, १७ भदौ ।  लामो समयदेखि उदयपुरमा काम गर्दै आएको शान्ति समाज केन्द्र (पेसोक) नेपालले सामाजिक न्याय र गरिवी निवारणको क्षेत्रमा आर्थिक बर्ष ०७३÷०७४ मा १० वटा परियोजनामार्फत ७८ लाखा ११ लाख १ सय ६४ रुपिँया खर्च गरेको छ ।
संस्थाको शनिबार आयोजित १३ औँ बार्षिक साधरण सभामा संस्थाका अध्यक्ष सृजना दनुवारले जिल्लाका ८ वटै स्थानीय तहमा सामाजिक न्याय, गरिवी निवारण, आयआर्जन, लघुजलविद्युतको क्षेत्रमा परियोजनाहरु सञ्चालन गरेको जानकारी दिईन् ।

संस्थाले गरिवी निवारण कोषको सहयोगमा समुदाय सशक्तिकरण परियोजना, जिल्ला समन्वय समितिमार्फत स्थानीय साशन तथा समुदाय विकास कार्यक्रम, फण्डवोर्डको खानेपानी तथा सरसफाइ सुधार आयोजना र खुल्ला दिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रम, जिल्ला जनस्वास्थ्य कार्यक्रमको सहयोगमा स्वास्थ्य चौकीको सामाजिक लेखापरीक्षणको क्षेत्रमा काम गरेको जनाएको छ ।

त्यसैगरी महिला विकास कार्यालयको सहयोगमा वालयौन दुव्र्यवहार एवं घटना न्युनिकरण तथा रोकथामा, जिल्ला समन्वय समिति काठमाण्डौमार्फत जनप्रतिनिधिहरुलाई संघियता र संबिधान वारे क्षमता विकास तालिम, जिल्ला खानेपानी कार्यालय र जिल्ला समन्वय समितिको सहयोगमा पूर्ण सरसफाइ प्रवद्र्धन र अनुशिक्षण कार्यक्रम र संस्थाको आन्तरिक कोषबाट परियोजना सञ्चालन गरिएको जनाइएको छ ।
कार्यक्रममा संस्थाले सबैभन्दा ठुलो योजना फण्डवोर्डको सहयोगमा जिल्लाको साविक गाबिस रामपुर र भुट्टारमा २०७४ वैशाख महिनामा सम्पन्न गर्ने गरी ३० लाख ४७ हजार ४ सय रुपिँयाको लागतमा ग्रामिण खानेपानी तथा सरसफाइ सुधार आयोजना सञ्चालन गरेको छ । परियोजनाबाट ४ सय ८२ घरधुरीका २ हजार ७ सय ९९ जनालाई लाभान्वित हुने अध्यक्ष दनुवारले जानकारी दिईन् ।

त्यसैगरी गरिवी निवारणको सहयोगमा साविक गाबिस भुट्टार, नामेटार, वारहा र साउनेका २ हजार ३ घरधुरीका १३ हजार ५ सय ८५ जनालाई लाभान्वित हुने गरी समुदाय सशक्तिकरण परियोजना सञ्चालन गरेको महासचिब सन्तोष बस्नेतले जानकारी दिए ।
परियोजनाअन्र्तगत कोषले घुम्तिकोषमा १ करोड ५५ लाख १८ हजार १ सय ७३ रुपिँया, भौतिक पुर्वाधारतर्फ २ करोड ६७ लाख ५८ हजार ४ सय ९० रुपिँया लगानी गरेको छ । भौतिक पुर्वाधारअन्र्तगत ६ वटा लघुजलविद्युत, ८ वटा खानेपवानी, १ कृषि सडक, १ सिचाई र १ विद्युत विस्तार गरिएको महासचिव बस्नेतले जानकारी दिए ।

कार्यक्रममा सहयात्रा र उत्कृष्टताको कदर गर्दै संस्थाले नेपाल पत्रकार महासंघ उदयपुर शाखा, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख रामकुमार श्रेष्ठ, संस्थाका खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्यरत इन्जिनियर विष्णुहरी भट्टराई, सोही परियोजनाका अधिकृत सरस्वीत दनुवार र उत्प्रेरक केशबकुमार मगरलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष सृजना दनुवारको अध्यक्ष महासचिब सन्तोष बस्नेतको सञ्चालन र सदस्य देविका मगरको स्वागत मन्तव्यमा भएको कार्यक्रममा संस्थाको चिनारी र योजना अध्यक्ष बस्नेत, आर्थिक प्रतिवेदन सदस्य चेतराज श्रेष्ठ र संस्थाका परियोजनाको चिनारी टिमलिडर नरेशमोहन तामाङले प्रस्तुत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *