आकाश, धर्ति र “म”

कविता
आकाश, धर्ति र “म”
आजकै दिन हो मेरी आमा प्रसब पिडाले
छटपटिदै आफ्नो सपनालाई जन्माएको दिन
र सारा पिडालाई भुलेर काखमा आफ्नो
सपनालाई ग्वाल्म्म अङालेर मुस्कुराउदै
आफ्नो मात्रित्व फुलाएको दिन..
अर्थात मैले यो धर्तिलाई सुम्सुमाउदै
आकाश ओडेको दिन…
त्यही अामाको सपना अर्थात म जन्मिएको दिन!!

त्यही दिन बाट आमाले आफुलाई बिर्सेर
मलाई मात्र सम्झिनु थालनुभएको हो..
त्य्ही दिन बाट बाबाले आफ्नो निजी सपना
भुलेर मेरो मात्र सपना पुरा गर्न थालनुभएको हो..
र,
त्यही दिन बाट प्रत्येक बिहानी
आमा मलाई सम्झिदै ब्युझनुहुन्छ
र मेरो खुशीको पछी-पछी दौडिदै
भौतारिनुहुन्छ….
बाबा मेरो सुखको फुल फुलाउन लाई
सुख्खा माटो माथि पसिनाले सिचाइ गरिरहनु
हुन्छ…
हो, म जन्मेको दिन देखी प्रत्येक बिहानी
आमा-बाबाले आफुलाई भुलेर मलाई सम्झेर ब्ज्युझनु हुन्छ
र प्रत्येक दिन मेरै खुशी खोज्नलाई भौतारिनुहुन्छ..
त्एसैले यस्तो लाग्छ,
भित्त्ताको क्यालेण्डरलमा बर्षको १ पटक मेरो जन्मदिन
देखाए पनि पापा-आमाको आँखा र ह्र् र्दय को
क्यालेन्डरमा प्रत्येक दिन मेरो जन्मदिन पर्छ…
रत प्रत्येक दिन मलाई खुशीका उपहारहरु
मेरा अन्जुलिभरी थमाएर
मेरो जन्मदिनको उत्सब मनाउन
हतारिदै खुशी टिप्न सबेरै
लाग्नुहुन्छ परिश्रमको खुशीबारितिर….

-शुष्मा रुपाबुङ राई 
श्रावण १६, ब्रुनाइ
आफ्नो जन्मदिनको अवसरमा लेखिएको कबिता ।

Facebook Comments